श्रीमती हरिकलालाई कुटपिट गरी हत्या-श्रीमानलाई जन्म कैदको फैसाला

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २७ २०७५
  • तामाकोशी

दुल्लु- दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ । श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले आज उक्त फैसला गरेको हो । विसं २०७४ साउन २ गते कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरी बार्दलीमा झुण्ड्याइएको थियो । अदालतले सो घटनामा दलबहादुरकी जेठी श्रीमती रामसराको सङ्लग्नता नपाइएको भन्दै सफाइ दिएको छ ।