निर्मला हत्याप्रकरण ! निर्मला पन्तको घर मै पुगेर अधिकारकर्मीको धम्कि ,यतिसम्म भनेका रहेछन निर्मला पन्तका आमावुवालाई(भिडियो)

  • प्रकाशित मिति: आइतबार, फाल्गुन २६ २०७५
  • तामाकोशी

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमालाई अधिकारकर्मीहरुबाटै दबाब आएको छ । निर्मलाकी आमा दुर्गादेवीलाई अदालतमा परेको मुद्दाका विषयमा उनीहरुले धम्की दिएका हुन् । अनुसन्धान प्रकरणमा लापरवाही गरेको भन्दै ८ प्रहरीविरुद्ध अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा प्रयोग गरिएको भाषा नमिलेको भन्दै दुर्गादेवीले सच्याएकी थिईन् ।

त्यसपछि नेपाल मानव अधिकार संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, शान्तिका लागि साझा अभियान (कोक्याप) अध्यक्ष बद्री भुसाल, सचिव पुष्ष पौडेल, स्थानीय महिला अधिकारकर्मी मिना भण्डारी, शारदा चन्द, लक्ष्मी मल्ल लगायत घरमै पुगेर धम्की दिएका हुन् ।



उनीहरुले निर्मलाकी आमालाई एकपछि अर्को प्रश्न गर्दै र्‍याखर्‍याख्ती पारेका थिए । हामीलाई प्राप्त भिडियोमा सुरुमा अधिकारकर्मीहरु सबै एक ठाउँमा भेला भएर अब कसरी बढ्ने र निर्मलाकी आमालाई कसरी मनाउने भन्नेमा एकआपसमा छलफल भएको थियो । उनीहरुबीचको सल्लाहपछि निर्मलाकी आमालाई विभिन्न प्रश्न तेस्र्याउँदैं र्‍याखर्‍याख्ती पारेका हुन् ।

निर्मलाकी आमा दुर्गादेवी र दिलिपसिंह विष्टका दाई खड्ग विष्टले तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी लगायतविरुद्ध निर्मला प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा मुद्दा हालेका थिए ।

उक्त मुद्दामा प्रयोग गरिएको भाषा नमिलेको भन्दै निर्मलाकी आमा दुर्गादेवीले सच्याएकी थिईन् । त्यो सच्याएपछि रिसले चुर भएका अधिकारकर्मीहरु उल्टाखामस्थित निर्मलाकै घरमा पुगेका हुन् ।

उनीहरुले दुर्गादेवीलाई किन मुद्दाको भाषा सच्याएको ? मुद्दा हालिएका प्रहरी अधिकारीमाथि अनुसन्धान भएपछि मात्रै दोषी पत्ता लाग्ने, तर तपाईको छोरीलाई न्याय नचाहिएको हो ? जस्ता प्रश्न तेस्र्याएका थिए ।

अधिकारकर्मीले निर्मलाकी आमासँग गरेको कुराकानी र धम्कीको भाषामा प्रयोग गरिएका शब्दहरुको भिडियो गोप्य तरिकाले खिचिएको थियो । दुर्गादेवीले एउटा अपराधी पत्ता लगाउन निर्दोष व्यक्तिमाथि मुद्दा लगाउन आफ्नो नैतिकताले नदिने भन्दै अहिलेसम्मको विभिन्न प्रमाणका आधारमा मुद्दाको भाषा सच्याईएको बताईन् । हेर्नुहोस तलको भिडियो: