काठमडौं । सत्तारुढ दल नेकपाका नेता भीम रावलले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सम्झौता राष्ट्रहित विपरीत भएको बताएका छन् । शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा उनले सम्झौतामा लेखिएको भाषा र राष्ट्रियसभा गृहमा राउतले दिएको अभिव्यक्ति विवादास्पत भएकाले सरकारले राउतसँग गरिएको सम्झौताबारे जनताले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने बताए । सरकार र राउतसँग भएको सहमतिले राष्ट्रिय स्वतन्त्रको हितविपरीत भएको भन्दै उनले त्यसले कुनै पनि समय ठूलो राष्ट र राष्टियतालाई ठूलो आघात पूर्याउने दाबी गरे।
राउतसँग गरेको सम्झौता बारेमा पार्टी्भित्र आवश्यक छलफल नै नगरिएको भन्दै उनले स्थायी समिति, केन्द्रीय कमिटीमा छलफलको चलाउनुपर्ने आवश्यकता औल्याए। राउतले राज्यद्रोहको नीति परित्याग गरेर शान्ति प्रक्रियामा अवतरण गरेको हो होइन भन्ने विषयमा पनि बहस गर्नुपर्ने तर्क नेता रावलले गरे। उनले राउतलाई सरकारले दार्श्निक बनाएको भन्दै आपत्ती जनाए।
नेता रावलले पार्टी सामूहिकतामा नभई एक वा दुई जनाको निर्देशन र चाहना अनुसार सञ्चालन भएको भन्दै असन्तुष्टि जनाए। राजद्रोहको मुद्दामा सरकारले नै कारवाही गरेको व्यक्तिलाई कुनै भू(भाग जितेर आएजस्तो गरी सम्मानका साथ आकस्मिक रुपमा सार्वजनिक कार्यक्रम गरिनु अस्वभाविक भएको टिप्पणी गरे।