कञ्चनपुरमा फेरी रुवाबासी ,१ जना बालकको गयो ज्यान

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २४ २०७५
  • तामाकोशी

काठमाडौं-कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नौलाखेतमा टिपरले किच्दा एक बालकको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षीय बालक विकास ऐरी रहेका छन् ।

कञ्चनपुर प्रहरीकाअनुसार शुक्रबार बिहान भाँसी ब्रम्हदेब सडकखण्डमा लोड बोकेको म१ख७३७ नम्बरको टिपरले बालकलाई किचेको र बालकको घटनास्थलमै मृत्यु भएको हो ।



टिपर र चालक हाल प्रहरीकाे नियन्त्रणमा रहेकाे छ । बालकलाई टिपरले जानी जानी किचेर मारेको भन्दै स्थानीयले विरोध गरेका छन् । बालकको शव घटनास्थलबाट उठाइएकाे छैन् ।