वैदेशिक रोजगार व्यवसायी गुरुङको घरमा विष्फोट,१ जना घाइते

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २४ २०७५
  • तामाकोशी

काठमाडौं– वसन्तपुरस्थित वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा विष्फोट भएको छ । विष्फोटका कारण एक जना घाइते भएको प्रहरीले जनाएको छ । व्यवसायी विमल ढकालका अनुसार अज्ञात समूहलेपहिले नै गाडीमा बम राखेको अनुमान गरिएको छ।

विष्फोटका कारण घरमा आगलागी भएको छ। विषफोटनका कारण गाडी पूर्णरुपमा ध्वस्त भएको छ भने घरमा आगलागी भएर क्षति भएको छ । गुरुङ वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष हुन् ।
गुरुङको घरमा लागेको आगो निभाउन दमकल पुगिसकेको व्यवसायी ढकालले बताए।