काठमाडौं – जिल्लाकाे मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा एक सन्की युवाले चिर्पट प्रहार गर्दा सात जना घाइते भएका छन् । सेग्ले गाउँका ३० वर्षीय रामबहादुर विश्वकर्माले चिर्पट प्रहार गर्दा सात जना घाइते भएका हुन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
चिर्पट प्रहारबाट गम्भीर घाइते हुनेमा ५० वर्षका गोपाल भण्डारी, उनको श्रीमती ५० वर्षीय लक्ष्मी, ६९ वर्षीय बुद्धिबहादुर थापा, ६० वर्षका रेखु भण्डारी र ३० वर्षीय सोविता खड्का रहेका छन् । घाइते पुष्पा बास्तोलाको गाउँमै सामान्य उपाचार गरिएको छ ।
गम्भीर घाइतेलाई लमजुङ सामुदायिक अस्पतालमा उपचारपछि काठमाडाैंस्थित छाउनी, सिएमसी, टिचिङ अस्पतालमा उपचारका लागि लगिएकाे छ । विश्वकर्माले खर्पेटा, पामचोक, बन्थोक गाउँका मानिसलाई चिर्पट हानेका थिए । उनलाई स्थानीय, प्रहरीसहित गाउँपालिकाका पदाधिकारीहरु मिलेर, ३ को खुदी तरापुबाट नियन्त्रणमा लिइएको खुदी प्रहरी चौकीका सई अर्जुन केसीले जानकारी दिए ।नया पत्रिकाबाट साभार