काठमाडौँ । चर्चित नायिका निरुता सिंहलाई डेंगु रोग लागेपछि उनको भारतमा उपचार भइरहेको छ । हाल मात्रै चलचित्र क्याप्टेनको ‘कर्लि कपाल’ बोलको गितमा कम्मर मर्काएर फेरी एक पटक चर्चाको शिखरमा रहेकी नायिका सिंंहले
चलचित्र क्याप्टेनको ‘कर्लि कपाल’ बोलको गीतमा अभिनय रहेकी छिन् । निरुताको सोही गीतको नृत्यको चौतर्फी चर्चा भइरहेका बेला उनलाई डेंगु रोग लागेपछि हाल भारतमा उपचार थालिएको बताइएको छ ।
चैत्र २९ गते रिलिज हुने चलचित्र ‘यात्रा’ को ‘चट्ट रुमाल’ बोलको गितको रिमेक गरिएको जानकारी गराउन तथा यस संग सम्बन्धित श्रष्ठा सर्जक सम्मान कार्यक्रममा उनि अनुपस्थित हुदा संचारकर्मी तथा होस्ट नरेश रेग्मीले आफुलाई निरुताले फोन गरेको र उनले डेंगु लागेको बताएको कुरा जानकारी गराए । वरिष्ट चलचित्र निर्देशक तुलसी घिमिरेको दक्षिणा चलचित्रबाट करियर सुरु गरेकी निरुता पछिल्लो समय भारतमा रहेर बेला बेला नेपाल आउने जाने गरिरहेकी छिन् । उनले अभिनय गरेको फिल्म क्याप्टेन हाल प्रर्दशन भइरहेको छ ।