पशुपति मन्दिर परिसरमा सादु सन्त बाबाको देखियो यस्तो हर्कत ,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
  • तामाकोशी

काठमाडौं-आज देशी भरि तथा शिव पार्वतीको मन्दिरमा शिब रात्रिको चहलपहल भएको छ । महाशिवरात्रिका अवसरमा भारतबाट सादु सन्तको लर्को आएको हुन्छ । पशुपति क्षेत्रमा सर्दालु भक्तजनको उत्तिकै भिड लागेको हुन्छ । महाशिब रात्रिको अवसर पारेर छिमेकी देश भारतबाट पनि उतिकै सर्दालु भक्तजन आएका हुन्छन ।

पशुपति क्षेत्रमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको थियो । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक एक गरी दुई लाइनको व्यवस्था गरिएको थियो । ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको थियो ।



सदा झैँ यस बर्ष पनि पशुपतिमा साधु सन्त तथा बाबाहरुको उल्लेख्य सहभागिता रह्यो। हामीले शिवरात्रि मनाउन पशुपति आएका बाबाहरुको बिभिन्न दृश्यहरुलाई क्यामेरामा कैद गरेका छौ ।