श्रीनगर – जम्मु(कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको मृत्यु भएको छ ।तीन दिनदेखि भएको मुठभेडका क्रममा सीआरपीएफका चार जवान र जम्मु(कश्मीर पुलिसका दुई जवानको मृत्यु भएको हो । म्मु(कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा तीन दिनदेखि मुठभेड चलिरहेको छ ।
घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन् । यससँगै यो मुठभेडमा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएका छन् । बिहीबार रातिदेखि चरमपन्थीविरुद्ध अप्रेशन थालेको थियो ।त्यसपछि भिडन्त सुरु भएको हो । चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हानेपछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए । त्यसक्रममा १० जन जवान घाइते भएका थिए ।