यसरि बिदाई गरेका थिए पोखरामा रविन्द्र अधिकारीलाई ,अब सम्झनामा मात्र सिमित रहे अधिकारि

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १९ २०७५
  • तामाकोशी

पोखरा – हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ । उनको पार्थीव शरीरलाई अहिले पोखरा ९ नयाँबजार स्थित प्रदर्शनीमा राखिएको छ । उनको पार्थीव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली दिएका छन् भने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेश गौतमले पार्टीको झण्डा ओढाएका छन् ।

काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा ल्याइएको हो । शव ल्याउने भएपछि उहाँका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका थिए। श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।
https://youtu.be/mzxlcGJY31I