रामेछाप, फागुन १९ गते । सामुदायिक बिकास समाज मन्थलीको नयाँ नेत्रित्व चयन भएको छ । आइतबार सदरमुकाम मन्थलीमा भएको १७ औं साधारणसभा तथा सातौ अधिबेशनले रोशन पाख्रिनको नेत्रित्वमा नयाँ समिति चयन गरेको हो ।
नयाँ समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः दिपक घिसिङ, सुब्बा रोका र कैलाश तामाङ चयन भएका छन् । यसैगरी अन्य सदस्यहरुमा सिता श्रेष्ठ, हरिमाया मगर र अनिल थोकर रहेका छन् । आत्मनिर्भर, स्वास्थ्य र समतामुलक समाजको स्थापना भन्ने मुख्य नाराका साथ सुरु भएको समाजको १७ औं साधारणसभा तथा सातौं अधिबेशनको अध्यक्षता पुर्व अध्यक्ष शिवराज श्रेष्ठले गर्नु भएको थियो ।
सामुदायिक बिकास समाज रामेछापको अब्बल गैर सरकारी संस्थाको रुपमा परिचित छन् ।
सामुदायिक बिकास समाज मन्थलीको नेत्रित्वमा रोशन पाख्रिन चयन
- प्रकाशित मिति: आइतबार, फाल्गुन १९ २०७५
- तामाकोशी