०७५ सालको अन्तिममा देशमा ब्रजपात ! ३ करोड नेपालीको रुवाबासी ! दुर्घटनामा ११ जनाको मृत्यु

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १९ २०७५
  • तामाकोशी

काठमाडौं-दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा शुक्रबार राती भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने सबैको सनाखत भएको छ । हिजो राती घटनास्थलबाट मृतकको लास संकलन गरी जिल्ला अस्पताल दार्चुलामा ल्याईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दुहुँ गाउँपालिका वडा नम्बर बस्ने ४५ बर्षका कल्यान सिंंह बडाल, उहाँकी छोरी १५ बर्षकी निर्मला बडाल, दुहुँ गाउँपालिका वडा नम्बर २ बस्ने ३५ बर्षीया परुली धामी रहेका छन् । त्यस्तै दुहुँ गाउँपालिका १ बस्ने ५४ बर्षका धन बहादुर बम, दुहुँ गाउँपालिका वडा नम्बर ४ दौला बस्ने बर्ष ५५ का अम्मरा बम, सोही ठाउँका बर्ष ४ कि आयुसा बम, दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरी बस्ने ४५ बर्षिया गोमती बम र सोही ठाउँका बर्ष ७१ का धाना बम रहेका छन् ।

त्यस्तै बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने ६० बर्षका प्रताप चन्द भनिने धनबहादुर चन्द, सोही ठाउँ बस्ने बर्ष २०÷२१ कि स्नेहा चन्द र दुहुँ गाउँपालिका वडा नम्बर १ बस्ने ५३ बर्षीया मानमती भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । उक्त दुर्घटनामा जिप चालक दिपक सिंह धामी गम्भीर घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि शुक्रबार राती नै भारतको पिथौरागढ लगिएको छ ।



दुर्घटनामा परी मृत्यु भएका सबैको शनिबार जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिनुभयो ।
जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । दुर्घटना स्थल राताकाठा क्षेत्रमा सडक चौडा गर्ने कार्य भईरहेको तर सो क्षेत्रमा कुनै पनि सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको थियो ।
उद्धव सिंह धामी , दार्चुला फागुन १९ गते ।