एक्कासि ऊर्जामन्त्री वर्षमान पुन नर्बिक अस्पतालमा ! धानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तीबहादुर बस्नेत पुगे अस्पतालमा

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १६ २०७५
  • तामाकोशी

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन्। बिहिबार साँझ मुटुको धढ्कन एक्कासी बढ्ने र छाती दुख्ने समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको सिसियुमा भर्ना गरिएको मन्त्री निवास स्रोतले बताएको छ।

अहिले उनलाई मुटुरोग विशेषज्ञ यादव भट्टको टिमले उपचार गरिरहेको छ। मुटु र श्वासप्रस्वासमा समस्या देखिएको छ। उनलाई केही अघि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तीबहादुर बस्नेतले भेटेर फर्केका छन्।



उनको स्वास्थ्यमा निरन्तर समस्या देखिइरहन्छ। यसअघि पनि उनी पटकपटक उपचारका लागि लामो समय बैंकक गएर बसेका थिए। भारतमा पनि उपचार गर्न गइरहन्थे। केही महिना अघि पनि मुटुको धढ्कन बढ्ने र छाती चस्किने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको स्रोतले बतायो।

नयाँ दिल्ली । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने घोषणा गरेसँगै सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल बनेको छ।

उक्त तस्विर पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय पाइटलटकि आमाको रहेको बताइए पनि तस्विर अरु कसैको हुन सक्ने ठानिएको छ। तस्विरमा देखाइएको छ, इमरान खानले सम्बोधन गर्दै गर्दा नतमस्तक भएर रुँदै आमाले सुनिरहेकि छन् र रिहाई गर्ने घोषणा सँगै एकैछिनपछि खुशीका आसु बगेका छन्।

सामाजिक सञ्जालमा यो तस्विर भाइरल बनेपनि यसको आधिकारिता भने खुलाइएको छैन् । तस्विर धेरै सेयर भइरहेको छ भने पुरानो तस्विर र अरु कोहि महिलाको हुन सक्ने ठानिएको छ। तस्विरले सन्देश बोलिरहेको धेरैको जोड छ।

पाकिस्तानी संसदमा बिहिबार सम्बोधन गर्दै प्रधानमन्त्री खानले नियन्त्रणमा रहेका पाइलटलाई रिहा गर्ने घोषणा गरेका थिए। पाकिस्तानी संसदमा इमरानले भनेका थिए, “पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा हुँदैन भन्ने बुझेको छ। शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ।”सत्यखाबरबाट साभार