मन्त्रि अधिकारीका लागि कालो दिन बुधबार : २० जनाको मृत्यु भए पछी यातायात मन्त्रीले दिए राजीनामामा

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
  • तामाकोशी

काएरो, इजिप्ट – इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् । राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार तीब्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्याङ्कीमा आगलागी पछि विस्फोट भएको थियो । दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैबीच इजिप्टका यातायात मन्त्रीले राजधानीको केन्द्रीय रेल स्टेसननजिकै भएको दुर्घटनालाई लिएर राजीनामा दिनुभएको यहाँको मन्त्री परिषद्ले जनाएको छ । “यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिनुभएको छ भने प्रधानमन्त्रीले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ,” मन्त्रीपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



यो पनि पढ्नुहोस :

सुकेटार — नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव उठाउन सुरु गरेको छ ।काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) चार शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

भारी वर्षा र हिमपात भएपछि हेलिकोप्टर जान सकेको समाचार प्राप्त भएको छ । अब बिहीबार बिहान मात्रै संकलन गरिने उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ। अब भोलि बिहान सबै शव संकलन भएपछि मात्रै काठमाडौं ल्याइने छ। बुधबार दिउँसो भएको दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको छ।

 

 

zj ;’s]6f/ ljdfg:yndf NofOFb}
tfKn]h’ªdf a’waf/ x]lnsK6/ b’3{6gfdf k/L d[To’ ePsfsf] zj g]kfnL ;]gfn] 36gf:ynaf6 ;’s]6f/ ljdfg:yndf NofOFb} . tl:a/M gf/fo0f 9’+ufgf, /f;;