दुर्घटनाग्रस्त हेलिकोप्टरमा को-को सवार थिए ? (नाम सहित)

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
  • तामाकोशी

काठमाडौँ, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो ।

एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको उक्त हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए ।  अन्य एकजना यात्रुको नाम खुल्न सकेको छैन भने गृह मन्त्रालयबाट उल्लेखित नामावलीको बारेमा पुष्टि हुन बाँकी छ ।