पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकाेप्टर सम्पर्कविहीन

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १५ २०७५
  • तामाकोशी

पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकाेप्टर दुर्घटना भएको छ । बुधबार तेह्थुम जाँदै गरेको हेलिकाेप्टर दुर्घटना भएको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए ।

बुधबार राज्य व्यवस्था समितिमा छलफल चल्दै गर्दा मन्त्री अधिकारी चढेको हेलिकाेप्टर दुर्घटना भएको खबर आएको गृहसचिव राईले बताएका थिए ।



तेह्थुमको आठराई गाउँपालिकाको चौहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट उडेको एअर डाईनेष्टिको हेलिकाेप्टर सम्पर्कविहीन भएको हो । मन्त्री अधिकारीसहितको ६ जनाको टोली चढेको हेलिकाेप्टर सम्पर्कविहीन भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताए । सो हेलिकाेप्टरमा आङछिरिङ शेर्पा पनि सवार थिए । शेर्पा यति एयरलाइन्सका मालिक हुन् ।

श्रेष्ठका अनुसार सम्पर्कविहीन हेलिकप्टरको खोजीका लागि नेपाली सेना परिचालित भइसकेको छ ।