फेरी भूकम्पको धक्का महशुस

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १४ २०७५
  • तामाकोशी

आज दिउँसो दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का महशुस गरिएको छ । दोलखामा दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको परकम्प भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै गरि सिन्धुपाल्चोकमा पनि आज दिउँसो ४ बजेर २० मिनेटमा ४ दशमलब १ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।