मेडिकल कलेज परिसरमा चल्यो रुवाबासी ! कलेज भित्रै छिरेर प्रहरीले बिद्यार्थी माथि हात-पात

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १३ २०७५
  • तामाकोशी

पोखराको गण्डकी मेडिकल कलेजमा सोमबार दिउसो झडप भएको छ । आन्दोलनरत विद्यार्थी र प्रहरीबीच अस्पताल भित्रै झडप भएको हो । नेपाल सरकारले तोकेभन्दा बढी कलेजले आफूहरुबाट शुल्क लिएको भन्दै आफूहरुबाट लिएको बढी शुल्क फिर्ता हुनु पर्ने, आफूले तिरेको शुल्कको भरपाई वा रसिद पाउनु पर्ने सहितका ४ सुत्रीय माग राखी आन्दोलनमा रहेको विद्यार्थीले पछिल्लो समय अस्पतालमा तालाबन्दी गरेर रिले अनसन गरिरहेका थिए ।

बिद्यार्थीले लगाएको ताला प्रशासनले तोडेपछि विद्यार्थीले पुन ताला लगाउन पुगेका थिए । सोहि बेला विद्यार्थी र प्रहरीबीच झडप भएको बुझिएको छ ।विद्यार्थीले माघ १७ गतेदेखि आन्दोलन गरिरहेका छन् ।



पछिल्लो समय उनिहरुले अस्पतालमा तालाबन्दी सहित रिले अनसन गरिरहेका छन् । सोमबारको झडप पछि प्रहरी अस्पताल भित्रै छिरेको छ । हातमा लाठी, टाउकोमा हेलमेट लगाएर प्रहरी अस्पतालका वार्डहरुमा प्रवेश गरेको विद्यार्थीले बताएका छन् । भिडियो :