एनसेल वम काण्डले गुरुङ परिवारको बनायो बिचल्ली -अझै यस्तो अवास्था छ मृतक गुरुङकि श्रीमतीको ,पढ्नुहोस

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १३ २०७५
  • तामाकोशी

काठमाडौं । शुक्रबार राती अचानक देशैभरीका एनसेल कार्यालयहरुमा अज्ञात समुहको आक्रमण भयो । सुरक्षा निकायले सुइकोसम्म नपाएको यस आक्रमणमा एक जनाको ज्यान गएको छ । ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको हो ।

आक्रमणमा घाइते भएका उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । गुरुङ एनसेल कर्मचारी भने होइनन् उनी सिंगापुरका रिटायर्ड प्रहरी हुन् । नख्खुमै घर भएका उनी आफ्नै गाडीमा घरतिर फर्कँदै गर्दा विस्फोटमा परी घाइते भएको जनाइएको छ ।



मृत्युको खबर सुनेपछि लमजुङ र पोखराबाट उनका बहिनी र भाउजु बिहानै अस्पताल आइपुगेका छन् । मृतक गुरुङका तीन सन्तान रहेका छन् । जेठी छोरी अस्ट्रेलियामा छिन भने छोरा यही कक्षा ६ मा पढ्दैछन् भने अर्की सानी छोरी कक्षा १ मा पढ्दैछिन् । घटनापछि बेहोस भएकी उनकी श्रीमती अस्पतालमा आउँन नसकेको जनाइएको छ ।