ओखलढंगामा ऋणीको मृत्यु भएपछि परिवारलाई ऋण मिनाहा

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १२ २०७५
  • तामाकोशी

ओखलढंगा, फाल्गुन १२ गते । मनोज भट्टराई
मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ओखलढुंगाले ऋणीको मृत्यु भएपछि मृतकका परिवारलाई ऋण मिनाहा गरिदिएको छ । बैंकले सिद्धिचरण नगरपालिका वडा नं ११ रुम्जाटारकी ऋणी शशीदेवी राई र महोत्तरी जिल्ला जलेश्वर ४ की दिपादेवी महतोको मृत्यु भएपछि उहाँहरुको परिवारलाई क्रियाखर्च सहित ऋण मिनाहा गरिदिएको हो ।

व्यवसाय गर्न लिएको ऋण तिर्न नपाउँदै राई र महतोको मृत्यु भएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत राईले लिएको १ लाख ५० हजार र महतोले लिएको १ लाख ५० हजार रुपैँया सहित साँवाब्याज मिनाहा गरिएको बैंकका साना तथा लघु बैंकिङ डेक्स प्रमुख विकल्प भट्टराईले बताउनु भयो । मृतक महतोले तिरेको २९ हजार १७ रुपैयाँ सावाँब्याज र ५ हजार क्रियाखर्च तथा मृतक राईले तिरेको १ लाख ५ हजार ४ सय ९ रुपैँया र पाँच हजार क्रिया खर्च सहीत मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ओखलढुंगाका शाखा प्रमुख ध्रुव गुरुङ्गले मृतकका आफन्त चन्द्र कुमार राई र श्यामबाबु महतोलाई हस्तान्तरण गर्दै फिर्ता गर्नु भएको थियो । मृतकका परीवारलाई ऋण मिनाहा पस्चात बैकका शाखा प्रमुख गुरुङ्गले मृतक प्रति श्रद्धन्जली अर्पण गदै परीवार जनलाई समबेदना ब्यक्त गुर्नु भएको थियो ।



मृतकहरुले बैंकबाट विनाधितो तर्फको कर्जा लिएका थिए । ऋण मिनाहा भएपछि मृतकका परिवारले मुक्तिनाथ विकास बैंकले पीडामा मल्हम लगाइदिएको प्रतिक्रिया दिदै बैकको ऋण लिएर ऋण तिर्न नपाउँदै आफन्तको मृत्यु भए पछि पारीवार शोकमा भए पनि बैंकले ऋण मिनाह गर्दा आफुहरुलाई ठुलो राहत मिलेको उनीहरुको भनाई छ ।