Breaking News : राजधानीमा वम विष्फोट – घटनाको अनुसन्धान सुरु ,सर्वसाधारण घाईते

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन १० २०७५
  • तामाकोशी

काठमाडौं । ललितपुरस्थित नख्खु दोबाटोमा ठूलो आवाजमा विस्फोटको भएको छ । नख्खु दोबाटोमा शुक्रबार साँझ ठूलो आवाजसहित विस्फोट हुँदा एक जना सर्वसाधारण घाइते भएका छन्। नख्खु दोबाटोस्थित एनसेल भवनअगाडि विस्फोट भएको सुरक्षाकर्मीले जानकारी दिए। तर, के विस्फोट भएको र कसले र किन विस्फोट गराएको हो भन्ने खुलेको छैन । विस्फोटक पदार्थ पड्किएको हुनसक्ने अनुमान गरिएको छ । यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।