काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सहित गृहमन्त्री बादल लगायत नेता हरुले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जलि व्यक्त गरे। प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले मृतकका परिवार,आफन्तजन र सम्पूर्ण पार्टीपंक्तिप्रति गहिरो समवेदना पनि व्यक्त गरे।
केही दिनअघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद ओलीको ३७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। उनको पार्थिव शरीरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरे । २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट वली विजयी भएका थिए।
सुदुर नेपालबाट साभार