काठमाडौं – हेरेक ब्यक्तिलाई रोग लाग्छ तर बिबेक अर्याललाई यस्तो रोग लाग्यो जुन रोग लाखौं मध्यमा एक जनामा देखा पर्छ । जे सोचिन्छ त्यो हुँदैन जिबनमा भन्ने भनाइ झै अर्गखाँचीका तीन बर्से बालक बिबेक अर्याल लाई यस्तो रोग लागेको छ । बाबु बाबुराम अर्याल भन्छन ३ बर्षको भयो एक सितो भात् पनि खाएको छैन, घाटिमा भएको समस्याको करणले र जिब्रो ठुलो भएर बहिर नै निस्केको करणले उस्ले अन्य खानेकुरा हरु खान सक्दैन ।
दुखी हुँदै बाबु बाबुराम भन्छन -तिन बर्ष सम्म दुध र दाल ख्वाएर बच्चाएको छु । खान भोक लाग्दा केही खान नसक्दा म बाबु हुनुमा धिक्कार हो जस्तो महसुस हुन्छ । धेरै नेपालीले गरेको सहयोग बाट बाबुको उपचार भइरहेको छ, यदी हजुरहरु कसैले सहयोग गर्न चाहानुहुन्छ भने धुन नेपालमा राखिएको भिडियोको तल ठेगाना तथा फोन नम्बर साथै बैक खाता नम्बर पनि लेखिएको छ ।
हेर्नुहोस् पुरै भिडियो यो बाबु कस्तो हालतमा छ भनेर :
https://youtu.be/rtUDxOOoN6c