काठमान्डौ, फाल्गुुन ७ गते । डिभी चिठ्ठा परेपछि अमेरिका जाने तयारीमा रहेका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ का २६ वर्षीय निखिल पराजुली रहेका छन्।

71017567
कक्षा १२ अनुत्तीर्ण पराजुलीलाई डिभी चिठ्ठा परेको थियो। डिभी परेपछि अमेरिका जान उनले कक्षा १२ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाएर अमेरिकन दूतावासमा पेस गरेका थिए।
दूतावासलाई उक्त प्रमाणपत्र नक्कली भएको शंका लागेपछि महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र लेख्दै अनुसन्धान गर्न आग्रह गरेको थियो।
दूतावासको पत्रपछि अनुसन्धान गर्दा पराजुलीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरिएको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनलाई मंगलबार महाशाखाको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो।