काठमान्डौ, फाल्गुुन ७ गते ।
नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोली गर्ने भनिएको लुम्बिनीका बन्द फिर्ता लिएको छ । पक्राउ गरेका चारै जना कार्यकर्तालाई जिल्ला प्रशासन कार्यालयले आज धरौटीमा रिहा गरेपछि भोलि आब्हान गरिएको बन्द फिर्ता लिइएको नेकपाका क्षेत्रीय इन्चार्ज कमल केसीले बताए ।
यस अघि लुम्बिनी अन्तर्गतका रुपन्देही, कपिलबस्तु, नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँचीमा बन्द घोषणा गरिएको नेकपाले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।