गर्भ परिक्षण गर्ने डाक्टर नै नक्कली ! लिंग काटेका शिशुको हेर्दाहेर्दै गयो ज्यान

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ४ २०७५
  • तामाकोशी

भारत झारखण्डको इटखोरीमा नक्कली डाक्टरले नवजात शिशुको लिंग काटेर शिशुको हत्या गरेका छन् । आठ महिनाको गर्भ जाँच गर्दा छोरी भएको बताएका ति डाक्टरले शल्यक्रिया गर्दा छोरा भएको थाहा भएपछि लिंग काटिदिएका भारतीय संचार माध्यमले जनाएका छन् । लिंग काटिएपछि उच्च रक्तश्राव भएर शिशुको ज्यान गएको हो । तर डाक्टरले शिशुको परिवारलाई अपाङगता भएको बालिका जन्मिएको र उनको मृत्यु भएको खबर दिएका थिए ।

परिवारले शिशुको शव फालेको ठाउँमा हेर्न गएपछि मात्रै लिग काटिएको अवस्थामा आफ्नो शिशुको ज्यान गएको थाहा पाएका थिए । त्यसपछि उनीहरुले प्रहरीमा उजुरी दिए । तर नक्कली डाक्टर अहिले फरार छन् । उनीहरुको खोजी भैरहेको भारतको प्रहरीले जनाएको छ । परिवार यतिबेला शोकमा डुबेको छ । उनीहरुले नक्कली डाक्टरलाई कारवाहीको माग गरेका छन् ।