एक वर्षकी छोरी भइसकेपछि श्रीमानले ‘दलित’ भन्दै श्रीमती घरनिकाला गरेपछि भयो यस्तो बिजोग

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ४ २०७५
  • तामाकोशी

काठमाडौँ- गहिरो प्रेममा परेका टीकाराम रावत र एलिसा विक दुई वर्षअघि प्रेम विवाह गरेका थिए । सल्यानको कुमाख गाउँपालिका९६, च्याउखेलकी एलिसा विकलाई परिवारले ‘दलित’ भन्दै घरनिकाला गरेका छन्। उनको साथमा डेढ वर्षीया छोरी पनि छिन ।

एलिसाले डेढ वर्षीया छोरी काखमा बोक्दै भौतारिदै साहारा खोज्दै हिडेकि छिन । अहिले उनको परिवार मात्र नभई श्रीमान्ले समेत हेला गर्ने कुटपिट गर्ने र घरबाट निकाल्ने जस्ता अपराध गरेको उनले बताइन । उनको पिडा आफुत जसो तसो बाचुला तर यो सानो छोरिलाई के खुवाउने के लगाउनेजस्ता समस्यले पिरलिरहेको छ ।



चार महिनाअघि घरबाट निकालिएकी एलिसा कहिले कस्को घरमा कहिले माइत त कहिले बाटोमा आधा पेट खाएर दिन रात गुजारिरहेकि छिन । खाने कुरा नपुगेर सानो छोरि छटपटएर रोइरहन्छे, तर उनि सँग छोरिलाई खुवाउने केहि हुदैन उनि भन्छिन । आफन्तसँग पनि कति माग्नु कति दिन मागेर खानु ’ मैले घरनिकाला गर्नेविरुद्ध उजुरी गरे पनि कारबाही हुन नसेको उनले बताएकि छिन ।