विद्यासुन्दरलाई दुःखले छाडेन,फेरि डेरा सर्दै काठमाडौं महानगर

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ४ २०७५
  • तामाकोशी

४ फागुन, काठमाडौं । व्यापारिक प्रयोजनमा बिक्न नसकेको बागदरबार छेउको सीटीसी मलमा काठमाडौं महानगरपालिको कार्यालय सार्ने तयारी भएको छ । घरजग्गा व्यवसायी तथा पूर्वएमाले सांसद इच्छाराज तामाङको सीटीसी मल पूरै भाडामा लिएर कार्यालय सञ्चालन गर्ने महानगरपालिकाको तयारी छ ।

एकीकृत सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई सास्ती भइरहेकाले सीटीसी मल भाडामा लिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
अनलाईन खबरबाट