गायक पशुपति शर्मालाई तनाब !! सरकारले यस कारण रोक्दै छ पशुपति शर्माको गित ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: शनिबार, फाल्गुन ४ २०७५
  • तामाकोशी

काठमाडौं : चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्।‘ लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक युट्‍युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। पशुपती शर्माले देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई गीतमा निकै मार्मिक ढंगले समेटेका छन् । प्राय जसो शर्माले गाउने गीतहरु जनचेतना मुलक र व्यग्यात्मक हुने गर्दछन, उनले यो गीत मार्फत पनि सरकारलाई गतिलो झटारो हानेका छन् ।

उक्त गीतमा गायक पशुपती शर्मा, गायिका मञ्जु विक र प्रज्योल भण्डारीको अभिनय रहेको छ । गीतमा शब्द अनी संगीत पनि गायक शर्माको आफ्नै रहेको छ।



गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन र छायांकन को काम पनि दुर्गा पौडेल आफैले नै गरेका छन्। यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्। गायक हर्माले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो प्रहार गरेका छन्।

हाल यो गीत युट्युबको ट्रेन्डिङमा समेत आइसकेको छ । रिलिज गरिएको छोटो समयमा नै यो गीत युट्युबको ट्रेन्डिङ १८ मा रहेको छ भने हाल यो रिपोर्ट तयार पार्दासम्म यस गीतलाई २ लाख ४४ हजार बढीले हेरिसकेका छन् ।
हेर्नुस् भिडियो :