रामेछाप । फागुन ३ गते,
गाउँपालिका स्तरीय बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन सम्बन्धी समिक्षा बैठक शुक्रबार दोरम्बा गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा सवल कार्यक्रमका कार्यक्रम अधिकृत सुजन गौलीले सो कार्यक्रम अन्तर्गत दोरम्बा गाउँपालिकामा संचालन भएका कार्यक्रमको जानकारी गराएका थिए ।
उनले पोषणका कुरालाई हरेक कार्यक्रमसंग जोडेर लैजानुपर्नेमा जोड दिए । यूएसएआइडी को सहयोग तथा पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सहजिकरणमा सञ्चालित कार्यक्रम अन्र्तगत भएको बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउँपालिकाले पोषणसंग सम्बन्धित कार्यक्रमलाई गाउँपालिकाले सञ्चालन गरिरहेको र यसको अझ विकास गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङ, दोरम्बा गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष,विद्यालयका प्रधानध्यापक,स्वस्थ्यकर्मी,सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो ।
दोरम्बा गाउँपालिमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनको समिक्षा
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३ २०७५
- तामाकोशी