झापा। झापाको वृद्धामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी ७६ वर्षीया वृद्धामाथि बलात्कारको प्रयास गरेको आरोपमा मेचीनगर नगरपालिका ५ का २३ वर्षीय कुमार लिम्बुलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । लिम्बुले मादक पदार्थ सेवन गरी सोही स्थानकी वृद्धालाई घरमा सुतिरहेको अवस्थामा बलात्कारको प्रयास गरेको आरोप छ । वृद्धालाई घरमै करणीको प्रयास भएको उनका श्रीमानले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई खबर गरेका थिए ।
श्रीमानले सीमा प्रहरी चौकी नकलबन्दामा उजुरी दिएपछि लिम्बुलाई बुधबार बेलुका पक्राउ गरिएको प्रहरीको भनाइ छ । लिम्बुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।