मन्थलीमा संचालित हार्डवयर पसलले म्याद नाघेका सामान बिक्रि गर्दै

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १ २०७५
  • तामाकोशी

रामेछाप । फागुन १ गते,
रामेछापको सदरमुकाम मन्थली बजारमै म्याद नाघेका समानहरु बिक्रि गरि उपभोक्ताहरुलाई ठग्ने गरिको पाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको अनुगमन टोलीले हरेक पटक बजार अनुगमन गर्दा मन्थली बजारमा म्याद नाघेका समानहरु फेला पर्ने गरेका छन् ।
दैनिक उपभोग्य सामान मात्र हैन म्याद नाघेका निर्माण सामाग्रिहरु समेत बिक्रि गर्ने गरिएको पाइएको छ । ०७५ साल माघ २९ गते जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन समितिले गरेको बजार अनुगमनका क्रममा मन्थलीमा रहेका हार्डवेस पसलहरुमा म्याद नाघेका निर्माण सामाग्रिहरु फेला परेका छन् ।
जिल्लाका ४ वटा ठूला हार्डवेर पसलमा अनुगमन गर्दा म्याद नाघेका विभिन्न सामग्रीहरु फेला परेको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार निर्माण सामाग्रि मात्र हैन हार्डवेस पसलमा नपतौलका लागि राखिएका डिजिटल तराजु समेत तौल नमिलेका पाइएका छन् । मन्थलीको नवमी हार्डवेरमा अनुगमन गर्दा तौल नमिलेको डिजिटल तराजु प्रयोग गरेको पाइएकोले बरामद गरिएको भट्टराईले बताए ।
यसैगरि सो हार्डवेरबाट म्याद नाघेको २२ लिटर इनामेल समेत बरामद गरिएको उनले बताए । त्यस्तै मन्थलीकै विएस् हार्डवेर, लक्कि हार्डवेर र दीपज्वती हार्डवेरबाट पनि म्याद नाघेका इनामेल, मोविल लगायतका सामग्री बरामद गरेको उनले बताए ।