अभागी यी मोडल ! सेक्स गर्न नमान्दा यसरि भयो चर्चित मोडलको हत्या !

  • प्रकाशित मिति: मंगलबार, माघ २९ २०७५
  • तामाकोशी

काठमाडौं-गत वर्षको अक्टोबरमा हत्या भएकी मोडेल मानसी दीक्षितको घटनामा प्रहरीले एक ठूलो खुलासा गरेको छ। सेक्स गर्न नमानेको कारण उनको हत्या भएको भारतीय प्रहरीले खुलासा गरेको हो।

गत वर्षको अक्टोबर १५को दिन मानसी दीक्षित मुम्बई स्थिति मलाडमा रहेको माइन्डस्पेस नजिकैको एक झाडीमा मृत अवस्थामा फेला परेकी थिइन्। ब्याकमा कोचिएको अवस्थामा शव फेला परेको थियो।



प्रहरीले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्नता रहेको भन्दै मानसीका मिल्ने साथी मुजम्मिल सईदलाई गिरफ्तार गरेको थियो। पक्राउ परेका मुजम्मिलले आफ्नो अपराध स्वीकार समेत गरेका थिए।

फ्ल्याटमा सँगै हुँदा सानो विषयलाई लिएर झगडा हुँदा आफूबाट यस्तो अपराध हुन पुगेको मुजम्मिलको बयान थियो। झगडा बढ्दै जाँदा आवेशमा आएर आफूले टाउकोमा हान्दा मृत्यु भएको बयान दिने मुजम्मिल अहिले आएर गलत सावित भएका छन्।

झगडाको कारण मानसी हत्या भएको नभई सम्बन्ध राख्न मानसीले अस्विकार गरेको कारण हत्या भएको खुल्न आएको हो। प्रहरीका अनुसार मुजम्मिलले मानसीलाई सेक्सको प्रस्ताव राखेका थिए। तर मानसीले अस्विकार गरेपछि मुजम्मिलले हत्या गरी लासलाई झाडीमा फालिदिएका थिए ।एजेन्सी