नागदह, माघ २८ गते ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ नागदहका स्थानीयलाई स्थानीय तहको योजना निर्माण प्रक्रिया र सार्वजनिक सेवाको गुणस्तरको बारेमा प्रशिक्षण प्रदान गरिएको छ । हुराडेक नेपाल दोलखाको आयोजनामा कार्यक्रम भएको हो ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० संगको सहकार्यमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो । वडा कार्यालयका निर्वाचित जनप्रतिनिध, स्थानीय सभाका सदस्यहरु, सामाजिक अगुवा, विभिन्न सामुदायीक संस्थाका प्रतिनिधिहरु, आमा समुह, युवा समुह, रेडियो स्रोता समुहका प्रतिनिधि लागायतको सहभागित रहेको सो कार्यक्रममा स्थानीय तहको योजना छनौटका प्रक्रिया, चरण, प्राथमिकताका योजनाहरु र योजना कार्यान्वयनको प्रक्रियोको बारेमा हुराडेक नेपाल दोलखाका रामेछाप जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै लिखु तामाकोसी गाउँ कार्यपालिका सदस्य वुद्धिबहादुर बिकले प्रशिक्षणले योजना तर्जुमाको बेलामा स्थानीय समुदाय र नागरिकले ध्यान दिनु पर्ने कुरा अवगत भएको बताए । यसले योजना निर्माण र कार्यान्वयन चरणमा समेत सहयोग गर्ने उनले बतए ।
साविकको नागदह गाविसका अध्यक्ष आशबहादुर तामाङले परिवर्तित कानुनमा भएको व्यवस्थाको बारेमा अहिले सर्वसाधारण मात्र हैन निर्वाचित जनप्रतिनिधिहरुनै पूर्ण जानकार नभएको बताए ।
प्रशिक्षणले राज्यले बनाएको कानुन अनुसार अधि बढ्न र विधि प्रक्रियालाई अवलम्बन गर्नको लागि झकझक्याउन सहयोग गर्ने उनले बताए । मानापाथि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बासा तामाङले तालिमले आपूmहरुलाई सचेत हुन सहयोग पुगेको बताए ।