सिन्धुलीमा आगलागी, २ लाख बराबरको क्षति

  • प्रकाशित मिति: आइतबार, माघ २७ २०७५
  • तामाकोशी

२८ माघ,सिन्धुली । एक्कासी सिन्धुली जिल्ला फिक्कल गा पा वाड न २ पोखरी धमिनीमा आगलागी भएको छ । सिन्धुली जिल्ला फिक्कल गा पा वाड न २ बेद बहादुर सार्किको घरमा आज साझ आगलागी भएको छ । आईतबार साझ अचानक सल्केको आगोले घरमा भएका लत्ताकपडा भाडाकुडा लगाएतका सामान पुर्व रुपमा नष्ट भएका छन् ।

घरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण गर्न नसक्दा घरको सबै समान जलेको सुमन पाहाडीले बताउनु भएको छ । आगलागीबाटघरको सबै समान जल्दा दुई लाख मूल्यबराबरको क्षति भएकोे पाहाडीले बताउनु भएको छ ।