श्रीमान घर बाहिर गएको मौका छोपी श्रीमती यस्तो धन्दा गर्दा-गर्दै यसरि पक्राउ

  • प्रकाशित मिति: आइतबार, माघ २७ २०७५
  • तामाकोशी

काठमाडौं-श्रीमान्को आँखा छलेर चोरी धन्दा गर्ने श्रीमती पक्राउ परेकी छिन् । घटना हो भारतको । भारतको हैदराबादमा चारमिनार प्रहरीले ती महिलालाई चोरीको आरोपमा पक्राउ गरेको हो । चोरीको अभियोगमा पक्राउ परेकी महिला बुर्का लगाएर चारमिनारको उक गहना पसलमा ग्राहक बनेर पुगेर चोरीको काम गर्दै आइरहेने लतमा नै फसेकी थिइन् ।

निरन्तर चोरीको काम गर्दै आएकी ति महिला एकदिन सिसिटिभी फुटेजमा कैद भएको चोरीको दृश्यका कारण नराम्रोसँग अप्ठ्यारोमा फसिन् । उनले पसलेलाई सुनका गहना देखाउन भनिन् । गहना देखाउँदै गर्दा उनले ४० ग्रामको गहना चोरी गरिन् । घटना सबै सिसिटिभी फुटेजमा कैद भएपछि उनको कर्तुत बाहिर आएको छ । जुन हर्कतको भिडियो समेत सार्वजनिक भएको छ ।एजेन्सी