फेरी दुर्घटना ! गयो १ जनाको गयो ज्यान

  • प्रकाशित मिति: बिहिबार, माघ २४ २०७५
  • तामाकोशी

दाङ — लमही–घोराही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका ३ चिसापानीमा बिहीबार बेलुका यात्रुवाहक बस र कार ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारमा सवार दाङ क्षेत्र नं. ३ ख का प्रदेश सांसद उत्तरकुमार ओलीसहित १४ जना घाइते भएका छन्। गम्भीर घाइते ओलीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ।