मेषः– आर्जन र भोर्जनका दृष्टिले दिन उत्तम देखिन्छ । काममा ढिला सुस्ति नगर्नु होला । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । मित्रबाट सहयोग पाईनेछ । अवसरको सदुपयोग गर्नु होला ।
वृषः– काममा देखिएका समस्या समाधान भएर जाने छन् । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्नेछ । नोकरबाट थोरै सन्तुष्टि मिल्नेछ ।
मिथुनः– आफ्ना काममा भन्दा अरुका काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । काम गरेर जश मिल्ने छैन । छोटो दुरीको यात्राको सम्भावनालाई भने नकार्न सकिन्न ।
कर्कटः– अशुभ समाचारले मनलाई दुखित बनाउनेछ । काम गर्ने बातावरण मिल्ने छैन । गरेका काम विवाद रहित देखिदैन । अनावस्यक खर्च बढ्नेछ । कुनै नयाँ काममा हात नहाल्नु होला । स्वास्थ्य कमजोर बन्नेछ ।
सिंहः– उद्योग,धन्दा बन्द व्यापारमा नयाँ सम्भावना देखा पर्ने छन् । व्यवसायिक लगानी बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथिको सहयोगले मनलाई आनन्दित बनाउनेछ । ढिला सुस्ति नगर्नु होला ।
कन्याः– कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछ र लाभान्वित पनि भईनेछ । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । व्यापारबाट आम्दानी बढ्नेछ ।
तुलाः– समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । यात्राबाट लाभ लिन सकिने छैन । पढाई लेखाईको चिन्ताले सताउनेछ । बाहिरी काम बढि हुने देखिन्छ ।
वृश्चिकः– घरको बातावरण तपाईको लागि अनुकुल नबन्न सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ता रहि रहला ।
धनुः– उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । व्यापारबाट आम्दानी राम्रो हुनेछ । अरुबाट सामान्य सहयोग पाईनेछ तर आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ ।
मकरः– काम गर्दा बढि नवोल्नु होला । आफ्नो काममा नै बढि दत्तचित्त भएर लाग्नु होला । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।
कुम्भः– काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । मित्रको सहयोग पाईनेछ । काममा ढिला नगर्नु होला ।
मिनः– समय त्यति अनुकुल छैन । अनुकुल बातावरण भत्किनेछ,काम गर्दा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । विवादबाट टाढा बस्नु होला । मन भ्रान्ती हुनेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।