काठमाडौं-राजधानी छिर्ने प्रमुख नाका थानकोटमा बर्दीसहितका भारतीय प्रहरी पक्राउ परेका छन् । आफ्नै निजी गाडी लिएर राजधानी छिर्दै गरेका भारतीय प्रहरीलाई थानकोट प्रहरीले गिरफ्तार गरेको हो । थानकोट प्रहरीले वर्दी सहितका दुई जना भारतीय प्रहरीलाई पक्राउ गरेको हो तर, समातिएका ती भारतीय प्रहरीलाई माथिको दवावमा तत्कालै छाडिएको छ । माथिको दवाव आएपछि उनीहरुलाई पोसाक नलगाइकन डुल्न अनुमति दिँदै छाडिएको महानगरीय प्रहरी कार्यालयको एक अधिकृतले जानकारी दिएका छन् ।यसबारेमा प्रहरीका माथिल्ला अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिन मानेका छैनन
काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाको घुमुवाको रुपमा काम गर्दै आएका दुईजना प्रहरी जवानलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।बिहिबार साँझ काठमाडौं र भक्तपुरको सिमानामा रहेको मनहरा खोलामा मापसे गरेर हो–हल्ला गरेपछी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत सिंहदरबारमा कार्यरत मनोज धमलालाई भक्तपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत ठिमीको हिरासतमा राखिएको छ । पक्राउ परेका ढुंगानाले आफूलाई काठमाडौंका एसएसपी बसन्त लामाको अंगरक्षक (बडिगार्ड) भएको बताएका छन् । प्रहरी जवान मनोज धमलालाई बसन्त लामाले आफ्नो घुमुवाको रुपमा काम गर्नेगरी महानगरीय प्रहरी वृत सिंहदरबारमा खटाएका थिए काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले पक्राउ परेको दुईजना जवानहरु एसएसपीको घुमुवा नभएको तर काठमाडौं प्रहरी मातहत कार्यरत रहेको बताए उलने भने, ‘मिलन ढुंगाना गाडीको पछाडी हतियार बोकेर बस्ने केटा हो’ साँझ ६ बजे ड्युटी सकेर भक्तपुरमा आफन्तको विवाहमा सहभागी हुन गएको थियो, अहिले बिहान पक्राउ परेको खबर आएको छ ।’मापसे गरेर तिब्र गतिमा मोटरसाईकल चलाएर हो–हल्ला गर्दै हिँड्ने प्रहरीहरुबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।