मिनिट्रक दुर्घटनामा परि १८ जनाको मृत्यु

  • प्रकाशित मिति: शुक्रबार, माघ १८ २०७५
  • तामाकोशी

नुवाकोट- ककनी गाउँपालिकाको काउलेमा आज भएको मिनिट्रक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ककनी गाउँपालिका–१ महादेवस्थानबाट काउलेतर्फ जाँदै गरेको बा४ख ३७२८ नंको मिनिट्रक दुर्घटना हुँदा ककनीका ६ वर्षीय हेमन बलामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।दुर्घटनामा सोही ठाउँका ११ वर्षीय अभिषेक बलामी, १० वर्षीय शक्ति बलामी, २७ वर्षीय अमर बलामी र २५ वर्षीया विनुदेवी बलामी घाइते भएका छन् । घाइतेको काठमाडौँस्थित ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । मिनिट्रक सडक भासिएर १०० मिटर तल खसेको हो । चालक शङ्कर बलामी फरार छन्

काठमाडाैं : नुवाकोटको घ्याङफेदीमा ४० जना सवार मिनिट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिकाको शिखरबेँसीबाट घ्याङफेदीको सिसिपुरतर्फ जाँदै गरेको बा३ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटनामा परेकाे हो ।मृत्यु हुनेमा १५ पुरुष र ३ महिला छन् । मृत्यु हुनेमा घ्याङफेदीका रिबल तामाङ, आइते तामाङ र शिवरबेंसीका रितेश पण्डित रहेका छन् । बाँकीको सनाखत भएको छैन ।मिनिट्रक दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडाको कच्ची सडकबाट ३ सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई उदृत गर्दै प्रहरी प्रवक्ता उत्तम केसीले जानकारी दिए ।उनका अनुसार शिखरबेँसीको सिम्टाङमा घेवा(मृतकको अन्तिम संस्कार) सकेर उनीहरु मिनिट्रक चढेर फर्किदै थिए । घाइते १४ जनाको उद्दार भएको र अन्यको खोजीकार्य जारी रहेको उनले जानकारी दिए । घाइतेमध्ये ७ जना घाइतेलाई उपचारको लागि काठमाडौ पठाइएको छ । मिनिट्रकमा ४० जना बढी सवार रहेको प्रहरीको अनुमान छ । kinohit बाट साभार,