रामेछाप, माघ १८ गते,
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ११ र १२ को सिमा क्षेत्र सिमलबोटे लामपाखा सामुदायिक बनको पेटासी खण्डमा भिषण आगोलागी भएको छ ।
शुक्रबार साँझदेखी फैलिएको आगोले खाँडादेवी डाँडामा रहेका नेपाल टेलिकमको टावर र विद्युत प्रसारण लाइन उच्च जोखिममा रहेका वडा नम्बर १२ का वडाध्यक्ष कृष्णहरि अधिकारीले जानकारी दिए । स्थानीयले आगो निभाउन नसक्ने अवस्था आएपछि मन्थलीमा रहेको नेपाली सेनालाई जानकारि गराइएको वडाध्यक्ष अधिकारीले जानकारी दिए ।
वडाध्यक्ष अधिकारीका अनुसार अहिले जिल्ला प्रहरी र नेपाली सेनाको टोली आगोलागी नियन्त्रणका लागि सदरमुकाम मन्थलीबाट घटना स्थलतर्फ गैरहेका छन्।