दु:खद खबर – थापाको हत्या ! थापा परिवारमा अझै रुवाबासी

  • प्रकाशित मिति: बिहिबार, माघ १७ २०७५
  • तामाकोशी

रत्ननगर । चितवनको राप्ती नगरपालिका ६ की धनकुमारी थापा (रुपा)को हत्यारालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन् । राप्ती ६ मुडाभारीकी ५२ वर्षिया थापाको गत सोमवारराती अज्ञात समुहले विभत्स तरिकाले हत्या गरेको थियो । घटना भएको तीन दिन वितिसक्दा समेत हत्यारा पत्ता लगाउन नसकेकोमा थापाको परिवार र स्थानीयमा आक्रोस छाएको छ ।थापाका पति पुर्ण वहादुर थापाले घटनामा भएको तीन दिन भईसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको भन्दै गुनासो गरेका छन् । इन्डोनेसिया भ्रमणमा गएका धनकुमारीका पति पुर्ण घटना भएलगत्तै

नेपाल फर्किएका थिए । हत्यारा पत्ता लगाउन हेटौडाबाट तालिम प्राप्त कुकुर ल्याएपनि सलग्न पत्ता लगाउन सकेन् ।जिल्ला प्रहरी कार्यालयले भने थापाका घरमा काम गर्ने एक वालकसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । पटक पटक गरि ६ जनालाई नियन्त्रणमा लिईएको र उनीहरुसंग अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एवंम् प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए ।



रेग्मीका अनुसार घटनामा सलग्न अभियुक्त नजिक पुगिसकेको छ ।नियन्त्रणमा लिईएका मध्येमै अभियुक्त रहेको र अरु पनि सलग्न हुन सक्ने भएकाले थप अनुसन्धान भईरहेको प्रवक्ता रेग्मीले वताए । हत्यामा सलग्नलाई पक्राउ गरि सार्वजनिक गर्न प्रहरीलाई चौतर्फी दवाव परेको छ ।

चितवन क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश ३ का भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, राप्ती नगरपालिकाकी मेयर प्रभा वराल,राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंल लगायतले प्रभावकारी अनुसन्धानबाट तत्काल हत्यारा पक्राउ गर्न दवाव दिईरहेका छन् ।

कालिका, माघ, १७ ।नेपाल विद्यार्थी संघ चितवनले सप्तगण्डकी क्यामपस बाट चौविसकोठिसम्म मसाल जुलुस निकालेको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको निर्देशनमा देशव्यापी रुपमा विरोध गरिएकोमा चितवनमा पनि मसाल जुलुस निकालिएको हो ।

वर्तमान सरकारले ३३ किलो सुनको दोषिलाई कार्वाहि गर्न नसक्नु, कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई तत्ता लगाउन नसक्नु र डा.गोविन्द केसीलाई न्याय नदिएको भन्दै देशव्यापि रुपमा जुलुस निकालीएको नेविसंधका विद्यार्थी नेता परमेश्वर खनालले जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा प्रहरीले विद्यार्थीहरुमाथी हस्तक्षेप गरेको थियो । क्याम्पस अगाडी नै प्रहरीले हस्तक्षेप गरेपनि केही विद्यार्थीहरुले मसाल वोकेर भरतपूरको चौबिसकोठी सम्म पुगेका थिए ।

सो जुलुसमा नेबि संघका केन्द्रिय अध्यक्ष निलकण्ठ रीजाल, कन्द्रिय सदस्य कल्पना पौडेल, निरज अग्रवाल, नेबि संघ चितवनक नेता परमेश्वर खनाल, अमृत मिश्र, सप्तगण्डकी कलेजका ईकाई अध्यक्ष राजेश भुषाल, मैया देवि कन्या कलेजकी ईकई अध्यक्ष प्रनीसा गुरुङ्ग, कृष्ण सापकोटा लगाएत जिल्लाका नेबि संघ बिद्यार्थीहरुको सहभागिता रहेको थियो । नेपालि इन एबी रोड