सिड्नी । नेपाल आइडल रवि ओडसहित अन्य प्रतियोगीतको कन्सर्ट अष्ट्रेलियामा आयोजना हुँदैछ । फेब्रुअरी ३ तारिकमा आयोजना हुने ‘नेपाल आईडल मेल्वर्न कन्सर्ट’को तयारी सकिएको आयोजक संस्था स्मार्ट एक्सेस इन्टरटेण्मेण्टले जनाएको छ ।
कन्सर्टका लागि कलाकार फेब्रुअरी २ अर्थात् शनिबार मेल्वर्न उत्रिनेछन् । नेपाल आईडलका विजेतासँगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । मेल्वर्न कन्सर्टमा नेपाल आइडल २ का विजेता रवि ओडसहित विक्रम बराल, सुजित पाठक, अस्मिता अधिकारीसहित पवन गिरीको समेत सहभागीता रहनेछ ।
नेपाल आईडलको कन्सर्ट भव्य हुने र मेल्वर्नवासी नेपालीहरुको उल्लेख्य सहभागीता रहने दाबी आयोजकले गरेको छ । कन्सर्टलाई रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् ।