डा. केसीलाई भेट्न सभापति देउवा र गगन थापा अस्पताल – तपाई उठनुहोस अब हामि बस्छौ अनसन

  • प्रकाशित मिति: बिहिबार, माघ १७ २०७५
  • तामाकोशी

काठमाडौँ,- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो ।

डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुग्नुभएको थियो ।