बिराटचौक । स्थानीय इन्द्रपुर स्कुलमा अध्यायनरत ११ बर्षिया बालिका लक्ष्मी ढकाल सोमबार बिहान करिब ८.४५ बजे सुन्दरहरैचा ११ स्थित सडकमा बाटो काटने क्रममा थिईन । सोहीबेला बिराटचौकबाट हुँईकिएर त्रिब गतिमा आएको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दियो । बालिका छटपटाउन थालिन, त्यहि क्रममा ट्रिपर चालकले ब्याक गरेर किच्याए,तत्कालै उनको प्राणपखेरु उडयो ।
उनी सुन्दरहरैँचास्थित इन्द्रपुर वोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत थिइन । सुन्दरहरैँचा १ कुमारगाउँका चुडामणी ढकालकी छोरी काका लेखनाथ ढकालसँगै बस्दै आएकी थिइन् । मृत बालिकाको हातमा २० रुपैयाको नोट समेत देखिन्छ । बालिका केही किन्न पसलमा जाने क्रममा दुर्घटना भएको यस्ले प्रष्ट देखाउँछ । घटना भएपछि होहल्ला भयो,तत्कालै ट्रिपर तिब्रगतिमा भाग्यो । केही स्थानीयले पिछा गर्न थाले भने केहीले शव भएको स्थानमा भेला भए । एकैछिनमा रुवाबासी चल्यो । उनको परिवारका सदस्यहरु आँखै अगाडी यस्तो घटना देख्दा मुर्छा परे । केहीक्षणमा बेलेपुरमा पुगेको ट्रिपर रुखमा ठोकियो र दुर्घटना भयो । आक्रोशित स्थानीय त्यहि गए र तत्काल आगो झोसे । केही क्षणमा सोही घटना देखिेका स्थानीय झन आक्रोशित बन्दै गए । सोही क्षेत्रमा दौडिरहेका १० वटा ट्रिपरमा आगो झोसे । एकैछिनमा सो क्षेत्र मसानघाटमा परिणत भयो ।
मनिसहरु जम्मा हुँदै गए । स्थिति ले अर्कै मोड लियो । स्थानीय ट्रिपर आतंकको बिरोधमा प्रर्दशनमा उत्रिए । प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे परेपछि निशेधाज्ञा जारी गर्यो । ठक्कर दिने ट्रिपरका चालक फरार रहेको र आगलागीबाट ट्रिपरहरु पुर्णरुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । सोही ठाँउमा स्थानीयले घेरा हाली ट्रिपर जलाएका थिए । ठुलो संख्यामा प्रहरी त्यस स्थानमा पुगेपनि स्थानीयको भिड नियन्त्रण गर्न नसक्दा आगजनी भएको हो ।
प्रहरीका सामु नै स्थानीयको भिडले सो क्षेत्रमा रहेको १० वटा टिपर दनदनी बले । प्रहरीले भिड नियन्त्रण निरिह सावित भएको थियो । सो रहेका सबै ट्रिपर र ट्रक जलाईएका छन । यसअघि पनि सो क्षेत्रमा स्थानीयले ट्रिपर सञ्चालनमा रोक लगाएका थिए ।
जलेका टिपर कस्को ?
मोरङ प्रहरीका अनुसार सुन्दरहरैंचा नगरपालिका–९ सिसौघारीमा स्थानीयले सातवटा टिपरमा आगजनी गरे । उक्त घटनामा ना ३३ ख ३३५५ नम्बरको टिपरसहित को १ ख ५८३३, को १ ख ६४६३, को १ ख ६५६३ नम्बरको टिपर जले । दुर्घटना गराउने टिपर विराटनगरका गोपाल साहको भएको जनाइएको छ । अन्य टिपर क्रसर व्यवासायी भिम पौडेल र केराबारी गाउँपालिकाका गोपाल कार्कीको भएको जनाइएको छ
purbelinews बाट साभार