रामेछाप, माघ १४ गते । रामचन्द्र वि.क.
नेपाली काग्रेस रामेछापले जिल्लाका आठै ओटा स्थानीय तहमा खबरदारी गर्ने निर्णय गरेको छ । स्थानीय तहमा भइरहेका विकास निर्माणको काम र नीति निर्माणको कामको विवरण लिई राम्रो कामलाई रचनत्माक सहयोग तथा भइरहेका काममा ढिलासुस्ती र भ्रष्टचार भएको पाइएमा सशक्त खबरदारी गर्ने निर्णय गरेको हो ।
जिल्लामा स्थानीय सरकार आए पछि नितिगत रुपमै भ्रष्टचार भइरहेको भन्ने व्यापक गुनासो आए पछि काग्रेसले त्यसलाई नियमन गर्न स्थानीय तहमा उम्मेदार भएका स्थानीय नेताहरुलाई त्यसको निगरानी गर्न आग्रह गरेको छ ।
आइतबार सदरमुकाम मन्थलीमा बसेको जिल्ला कार्य समितिले बैठले गरेको निर्णय पत्रकार मार्फत सार्वजनिक गर्दै काग्रेस प्रवक्ता नरायण बहादुर खड्काले जानकारी दिए ।
प्रशिक्षण विभागको जिम्मा सचिब कार्कीलाई
त्यस्तै बैठकले स्थानीय तहमा संचालन गर्न लागेको पार्टी प्रशिक्षणको जिम्मेवारी पार्टी सचिब लेख बहादुर कार्कीलाई दिएको छ ।
कार्कीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्दै आउँदो चैत्र मसान्त भित्र जिल्लाका आठै ओटा स्थानीय तहमा पालिका स्तरिय प्रशिक्षण शिविर राख्ने उनलाई जिम्मेवारी दिएको प्रवक्ता खड्काले जानकारी दिए ।
काग्रेसको जिल्ला कार्य समितिको बैठकले विभिन्न १० ओटा निर्णय गरेको पनि प्रवक्ता खड्काले बताए ।