माछाको सुपमा मान्छेको औला भेटीयो ! के यो सत्या हो ?

  • प्रकाशित मिति: सोमबार, माघ १४ २०७५
  • तामाकोशी

एजेन्सी। रेष्टुरेण्टमा गएर तपाइले मगाएको कुनै परिकारमा मानिसको मासु भेट्नुभयो भने तपाईलाई कस्तो महशुस हुन्छ ? हालै चिनको रेष्टुरेण्टमा एक महिलाले मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा नै मच्चिएको छ।

ली जियाकी नामक महिलाले मगाएको सुपमा मान्छेको औँला सुपको भाँडोमा तैरिरहेको स्पष्ट देखेपछि उनको सातो गएको र उनले प्रमाणका लागी तस्विर खिचेर २१ मे मा यो फोटो सामाजिक संजालमा पोष्ट गरे लगत्तै यो फोटोले भाइरल रुप मात्रै धारण गरेन उक्त रेष्टुरेण्टको ब्यापक बिरोध समेत भयो ।



यो घटना लगत्तै जियाकीले प्रहरीमा खबर गरेको र प्रहरीले अनुसन्धान अगाडी बढाएको चिनिया समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।