काठमाडौं, माघ १२ । केहि समय अगाडी बाराको हलखोरीया जंगलमा तपस्या गरेर एकाएक चर्चामा आएका राम बहादुर बम्जन हिजो आज विवादित भएका छन । आँफूले सृष्टीको सम्पूर्ण रहस्य बुझेकाले आँफू गौतम बुद्ध भन्दा पनि माथि रहेको दाबी गर्दै आएका कथित लिटिल बुद्ध रामबहादुर बम्जन माथि यौन शोषण तथा बेपत्ता बनाएको आरोप लागेको छ ।
बम्जनको आश्रम गएका आफ्ना बुबा सञ्चलाल वाइवा बेपत्ता भएको भन्दै खोजिदिन मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ महेन्द्र वाइवाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका छन् । बम्जनको आश्रममा डोल्मो नामले परिचित हेटौंडाकी फूलमाया रूम्बा समेत बेपत्ता छिन् । यस्तै लामो समयदेखि बम्जनको आश्रममा बसेका बाराका सुरेश आलेमगर पनि २०७२ को भुइँचालोपछि बेखबर छन् । उनको खोजीका लागि बम्जनको आश्रममा पुग्दा आश्रमामा कति आउँछन् कति जान्छन् जानकारी नहुने जवाफ पाए ।
हेर्नुहोस भिडियो :