श्रीमान विदेशमा , मामा ससुराका छोरासँगको अबैध सम्बन्धबाट जन्मियो शिशु जीउँदै फालिन बाटोमा

  • प्रकाशित मिति: शुक्रबार, माघ ११ २०७५
  • तामाकोशी

सिरहाको गोलबजारमा सोमबार परालको कुन्यूमा बेवारिसे अवस्थामा भेटिएको शिशुको पहिचान खुलेको छ । सिरहाको गोलबजार नगरपालिका(११ बल्कवाकी २८ वर्षीया पिङ्की सदायले अवैध सम्बन्धबाट जन्मिएको शिशु आफ्नो भएको दावीसहित इलाका प्रहरी कार्या लय गोलबजार उपस्थित भएपछि पहिचान खुलेको हो ।प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा शिशु उनकै भएको खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनु सार शिशुलाई आमा पिङ्कीको जिम्मा रहने गरी उनी विरुद्ध मुद्दा चलाइएको छ ।

प्रहरी नायव उपरीक्षक खरेलले शिशु जन्माएको १२ औं दिनमा बेवारिसे अवस्थामा फालेको कसुर अन्तर्गत बिहीबार मुद्दा दर्ता गरी सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ ।गोलबाजर नगरपालिका ८ सिडियोटोल नजिकैको आँपको बगैँ चामा रहेको परालको कुन्युमा तेल लगाएर सुताइएको अवस्थामा सोमबार बिहान शिशु भेटिएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार बच्चा रोएको सुनिएपछि गाउँलेले प्रहरी बोलाएर जिम्मा लगाएका थिए । गोलबजार प्रहरीका प्रमुख प्रहरी निरीक्षक नविन घिमिरेले पिङ्कीको बयानका आधारमा शिशु पछिल्लो २५ पुसमा जन्मिएका हुन् ।



बेवारिसे अवस्थामा भेटिएका शिशुलाई प्रहरीले उद्धार गरी तत्काल गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरेको थियो । प्रहरीका अनुसार शिशुको अवस्था अहिले सामान्य रहेको छ ।वैदेशिक रोजगारी अन्तर्गत पति पछिल्लो दुई वर्ष दुवई गए लगत्तै पिङ्कीकी मा मा ससुराका छोरासँग उनको अवैध सम्बन्ध रहेको खुलेको छ । सिराको लक्ष्मीपुर पतारी गाउँपालिका धन्छवार घर भएका किशोरी सदायका छोरा जगदिश सदायले दाजु घरमा नरहेको फाइदा उठाउँदै आफूसँग पटक पटक सम्बन्ध राखेपछि शिशु जन्मिएको पिङ्की ले बताइन् ।नयाँ पत्रिकामा खबर छ ।

‘पति विदेशमा रहेका बेला बच्चा जन्मिएपछि गाउँ छिमेकले कुरा काट्ने भएकाले जन्मिएको १२औं दिन कसैले नदेख्ने गरी फालेकी हुँ ।’ पिङ्कीले भनेकी छन् ‘विदेशबाट पनि पतिले जसको बच्चा हो, उसैसँग बस्नु भनेपछि आफ्नो बिचल्ली हुने ठानेर फर्केकी हुँ ।’
ktm dainik