टिचिङमा केसी समर्थकको ‘दादागिरी’ : सेवा अवरुद्ध गर्न हात हालाहाल हुन्छ !

  • प्रकाशित मिति: बुधबार, माघ ९ २०७५
  • तामाकोशी

आफ्नो अनशनका कारण सर्वसाधारणको उपचारमा बाधा नहोस् भनेर डा. केसी स्वयंले बारम्बार भन्दै आएका छन् । तर उनको अनशनलाई समर्थन गर्ने नाममा त्रिवि शिक्षण अस्पतालका केही स्वास्थ्यकर्मी र विद्यार्थीले जबरजस्ती अस्पताल प्रशासनलाई धम्क्याउँदै सेवा बन्द गर्ने गरेका छन् ।